सैनामैनामा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न
पढ्न लाग्ने समय 1 मिनेट
“सफा पानी पिउ स्वस्थ्य जिवन जिउ” भन्ने मुल नाराका साथ सैनामैना खानीपानी तथा सरसफाई उपभोक्ता संस्था सैनामैना १ को आयोजनामा १ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिबिरमा करिब १५० जनाले स्वास्थ्य परिक्षण गरेको संस्थाका सचिव शुशिल भण्डारीले जानकारी दिनु भयो ।
यस प्रकारको शिबिरले धेरै दिदी बहिनीहरुमा प्रत्यक्ष फाईदा हुने सैनामैना वडा नं १ का वडाअध्यक्ष भुवन क्षेत्रीले बताउनु भयो ।
सस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य शिबिर आयोजना गरिएको सस्थाका अध्यक्ष एक बहादुर क्षेत्री बताउनु भयो । पछिल्लो समय महिलाहरुमा धेरै स्वास्थ्य समस्या देखा परेकोले महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरको चेकजाच कार्यक्रम राखिएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
स्वास्थ्य शिबिरमा टोलटोलबाट धेरै दिदीबहिनीहरुको सहभागीता रहेको कार्यक्रम संयोजक जयलाल बि.क. बताउनु भयो ।
महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी भि आइ ए परिक्षण गरिएको लुम्बिनी प्रादेशीक अस्पतालका महिला तथा स्त्री रोग बिशेषज्ञ डा बबिता थापाले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रभु बैकको आर्थिक सहयोग एव सैनामैना नगरपालिका स्वास्थ्य शाखाको प्रबिधिक सहयोग रहेको थियो ।
यस प्रकारको शिबिरले आफुहरुलाई धेरै फाईदा पुगेको सहभागी महिलाहरुको प्रतिक्रिया थियो । कार्यक्रम संस्थाको कार्यालय परिसर सैनामैना वडा नं १ मा बिहान १० बजेबाट संचालन भएको थियो ।



प्रतिकृया दिनुहोस