स्पेन सरकारले अनुमोदन गर्यो आप्रवासीलाई वैध बनाउने नीति
पढ्न लाग्ने समय 1 मिनेट
५ मंसिर, बार्सिलोना । स्पेन सरकारले आप्रवासी नीति खुकुलो बनाउने नियमावलीलाई अनुमोदन गरेको छ । मंगलबार आप्रवासन सम्बन्धी मन्त्री एल्मा साइजले पत्रकार सम्मेलन गर्दै सरकारले नयाँ नीति अनुमोदन गरेको जानकारी दिएकी हुन् ।
विगत ६ महिनादेखि चर्चामा रहेको आप्रवासन सम्बन्धी नीति अन्तत स्पेन सरकारले अनुमोदन गरेको हो । जसअनुसार स्पेनले आगामी तीन वर्षसम्म प्रतिवर्ष करिब तीन लाख अवैध आप्रवासीहरूलाई वैध बनाउने तयारी थालेको छ ।स्पेनी पत्रिका ए.एस. डटकमका अनुसार अनियमित अवस्थामा रहेका आप्रवासीहरुलाई वैधानिक गर्न नयाँ नीतिले सहज बन्ने भएको छ । जस अन्तर्गत हालसम्म कायम रहेका ‘अराइगो सोसियाल’ र ‘अराइगो लाबोराल’ दुई भिन्न प्रावधानलाई समेटेर ‘अराइगो सोसियो लाबोराल’ भन्ने नयाँ प्रावधान अनुमोदन गरिएको छ । स्पेनमा वैधानिक हुन आवश्यक पर्ने न्यूनतम तीन वर्षको बसाइ अवधि (पात्रोनामेन्तो) लाई दुई वर्ष कायम गर्ने निर्णय गरिएको उल्लेख छ ।स्पेनी पत्रिका ए.एस. डटकमका अनुसार अनियमित अवस्थामा रहेका आप्रवासीहरुलाई वैधानिक गर्न नयाँ नीतिले सहज बन्ने भएको छ । जस अन्तर्गत हालसम्म कायम रहेका ‘अराइगो सोसियाल’ र ‘अराइगो लाबोराल’ दुई भिन्न प्रावधानलाई समेटेर ‘अराइगो सोसियो लाबोराल’ भन्ने नयाँ प्रावधान अनुमोदन गरिएको छ ।




प्रतिकृया दिनुहोस