• शुक्रबार कार्तिक-२१-२०८३

  लामो समय पछि पायो धितोपत्र बोर्डले अध्यक्ष

पढ्न लाग्ने समय 1 मिनेट

के आर घिमिरे
 

निजी क्षेत्रको लगानीमा ल्याउन लागिएको स्टक एक्सचेन्ज लाईसेन्सको विवादका कारण लामो समयसम्म नेपाल धितोपत्र बोर्डमा (SEBON) अध्यक्ष नियुक्त हुन सकेको थिएन । एद्यपि अध्यक्ष नभएकै कारण २०८० पुष यता प्राथमिक सेयर निस्काषन ( आईपीओ ) , थप निस्काषन प्रक्रिया ( एफपिओ ) ऋणपत्र , हकप्रद लगाएत धितोपत्रको अनुमति रोकिएको थियो । बोर्डका अनुसार शुक्रबार सम्म ७७ ओटा कम्पनिले आईपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् ।  नेपाल सरकारले हालै बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त गरेको छ । उहा लामो समय देखी नेपाल विद्युत प्राधिकरणको सञ्चालक तथा विभिन्न वित्तिय संस्थामा काम गरेको अनुभव छ । श्रेष्ठ अर्थतन्त्र, पूँजी बजार सम्बन्धी बिज्ञ समेत हुन । 

सन्तोष नारायण श्रेष्ठ नियुक्त भएसगै प्रदेश पाँच शेयर लगानी फोरमले एक विज्ञप्ति जारी गरी बधाई तथा शुभकामना ब्यक्त गरेको छ । 
श्रेष्ठको कार्यकालमा बोर्डले थप संस्थागत सुशासन, नियमन, धितोपत्र बजार सुपरिवेक्षण र पारदर्शिता अभिवृद्धिको अपेक्षा रहेको फोरमका का.वा  अध्यक्ष योगेन्द्र प्रसाद पन्थीले हस्ताक्षर गरेको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

Related News

ALL

↑