सस्तियो प्याज, यस्तो छ कालीमाटीमा तरकारी भाउ
पढ्न लाग्ने समय 1 मिनेट
१० पुस, काठमाडौं । प्याजको भाउ सस्तिएको छ । एक महिनाकै अवधिमा प्याजको भाउ ३६ प्रतिशत घटेको छ ।
कालीमाटी बजारमा मंसिर १० गते प्रतिकिलो १०० रुपैयाँ पुगेको प्याज अहिले औसत ६४ रुपैयाँमा झरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार प्याज ५.४ प्रतिशत सस्तिएर अधिकतम ६५ रुपैयाँमा कारोबार भएको छ ।





प्रतिकृया दिनुहोस