तरकारी बिक्रीबाट दैनिक २ हजार कमाउँछन् बिखलु राना थारू
पढ्न लाग्ने समय 1 मिनेट
११ पुस, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु राना थारूले व्यावसायिक तरकारी खेतीबाट दैनिक दुई हजारसम्म आम्दानी गर्दै आएका छन् ।
२० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका उनले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेका हुन् । उनले सबै खर्च कटाएर तरकारीखेतीबाट वार्षिक ४ देखि पाँच लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए ।





प्रतिकृया दिनुहोस